वेष्ट सेती हाइड्रोको वेबसाइटमा स्वागत छ:
वेष्ट सेती हाइड्रोको वेबसाइटमा प्रवेश गर्नुभएकोमा यहाँलाई धन्यवाद ।
नेपालका जनता, सरोकारवाला, समालोचक, विश्लेषक तथा अन्य इच्छुक पक्षहरूलाई पश्चिम सेती जलविद्युत आयोजना विकासका बारेमा सुसूचित गराउनु हाम्रो उद्देश्य हो ।
उच्च स्तरीय इन्जिनीयरिङ्ग अभ्यास तथा वातावरणीय अनुवन्धहरूको संयोजन गर्दै आएको पश्चिम सेती एउटा विश्व स्तरको आयोजना हो ।
अष्ट्रेलियाको स्मेक समूहको सदस्य रहेको स्मेक डेभलप्मेन्ट प्रोप्राइटरी लिमिटेड यस आयोजनाको प्रायोजक हो ।
५० भन्दा बढी मुलुकमा सञ्चालनमा रहेको स्मेक अष्ट्रेलियाको एक नेतृत्वदायी इन्जिनियरिङ्ग परामर्शदातृ संस्था हो ।
अष्ट्रेलियाको सबैभन्दा ठूलो पूर्वाधार आयोजना स्नोवी माउन्टेन हाइड्रोइलेक्टि्रक स्किम निर्माण गर्ने क्रममा स्मेकको जन्म भएको हो । विश्वका र्सवश्रेष्ठ १०० अन्तर्राष्ट्रिय इन्जिनियरिङ्ग तथा डिजाइन संस्थाहरूमध्ये पर्ने यस संस्थाले बहुपक्षीय इन्जिनियरिङ्ग तथा विकास परामर्श संस्थाको रूपमा आफूलाई विकास गरेको छ ।
नेपालको गरीबी निवारणमा पश्चिम सेती आयोजनाले उल्लेखनीय योगदान पुर्याउनेछ ।
यस आयोजनाले :
- आयोजना विकासको उच्चतम समयमा ३४०० स्थानीय नयाँ रोजगारी सिर्जना गर्नेछ ।
- ३० वर्षो इजाजत अवधिमा नेपाली अर्थतन्त्रमा २ अरब अमेरिकी डलर भित्रयाउनेछ ।
- सेती क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गर्नेछ ।
- पुनर्वास गरिएका परिवारका लागि आवास, भूमि तथा स्थानीय सेवाहरूमा अभिवृद्धि गर्नेछ ।
- विदेशी लगानीका लागि आकर्ष गन्तव्यको रूपमा नेपालको छवि निर्माण गर्नेछ ।
- पूर्वाधार विकासतर्फनयाँ अवसरहरूको पहिचान गर्न मद्दत पुर्याउनेछ ।
पश्चिम सेती आयोजना जस्तो नेपालका जनताहरूमा लाभ पुर्याउने अन्य कुनै पनि आयोजना हाल नेपालमा सशक्त विचाराधीन अवस्थामा समेत रहेको छैन ।
विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय तथा स्थानीय विज्ञहरूले आयोजनाको वातावरणीय तथा सामाजिक प्रभावका सम्बन्धमा विस्तृत अध्ययन गर्दै आएका छन् ।
उक्त मूल्यांकनहरूबाट यस आयोजनाका विभिन्न सकारात्मक प्रतिफलहरूको दाँजोमा न्यूनतम नकारात्मक असर पर्ने देखिन्छ ।
शेयरमा लगानी गर्ने तथा ऋण सहयोग र जमानत प्रदान गर्ने इच्छासहित एसियाली विकास बैंक सन् २००६ मा आयोजनाको समूहमा आवद्ध भयो ।
एशियाली विकास बैंकले आयोजनाका आर्थिक तथा सामाजिक पक्षहरूको सावधानीपूर्वक लेखाजोखा गरिरहेको छ र आयोजनाको सम्पूर्ण पक्षहरू खासगरी वातावरणीय तथा सामाजिक पक्षहरूको उच्च स्तरीय सूक्ष्म अवलोकन गर्दै आएको छ ।
पश्चिम सेतीका सम्पूर्ण पक्षहरूमा अन्तर्राष्ट्रिय मापदण्ड लगातार लागू हुँदै आएको छ । वास्तवमा, कठोर अन्तर्राष्ट्रिय आयोजना मापदण्ड तथा अनुवन्धको अनुसरण नगरी यस स्तरको कुनै पनि आयोजनामा बाहृय वित्तीय वा बीमा जस्ता सहयोगहरू प्राप्त गर्न सकिँदैन ।
पश्चिम सेती जस्तो विश्व स्तरको आयोजनाले नेपाललाई जलविद्युत तथा अन्य औद्योगिक क्षेत्रहरूलगायत विभिन्न आयोजनाहरूमा विदेशी लगानीका लागि उपयुक्त गन्तव्यको रूपमा स्थापित गर्नेछ ।
पश्चिम सेती आयोजनाको सफल कार्यान्वयनले गुणस्तरीय तथा सामाजिक रुपमा उत्तरदायी विश्वस्तरको आयोजनाका लागि नेपालको कानूनी तथा नियमनकारी संरचना उपयुक्त रहेको कुराको पनि पुष्टि हुनेछ ।
भारतको निरन्तरको उच्च आर्थिक वृद्धि दर तथा बढ्दो उर्जा अपर्याप्तताले उत्तर भारतमा प्रतिस्पर्धात्मक ढङ्गमा उर्जा आपूर्ति गर्नसक्ने अनुपम अवसर नेपाललाई प्रदान गरेको छ । त्यसबाट नेपाली जनतालाई अधिकतम रूपमा आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त हुने सुनिश्चिततातर्फलैजाने देखिन्छ ।
विकासशील मुलुकमा ठूला पूर्वाधारहरू निर्माण गर्दाका संवेदनशीलतालाई स्मेकले मनन गरेको छ ।
आयोजनाको कार्यान्वयन सुनिश्चित गर्नका लागि विगत १३ बर्षदेखि समर्पित रहँदै आएबाट पनि स्मेकको आयोजनाप्रतिको प्रतिवद्धता स्पष्ट हुन्छ ।






